जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, सहचालक हाम फालेर बाँचे

जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, सहचालक हाम फालेर बाँचे
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

मुगु : सोरुगाउँपालिका-६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। बुधबार  बिहान ९:३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको प्रहरीले जनाएको छ।

सोरुकोटबाट सदरमुकाम  गमगढी आउँदै गरेको  ग १ ज ६४३७ नम्बरको जीप सोरु गाउँ पालिका-६ बन्जाह मोडमा ब्रेक फेल भइ मोडबाट १ सय  मिटर तल खस्दा जीप चालक  ४५ वर्षीय नरबहादुर  बुमीको मृत्यु भएको  प्रहरीले जानकारी  दिएको हो ।

जीपमा  यात्रु थिएनन् । जीप दुर्घटना  हुँदा सह-चालकले हाम फालेर ज्यान बचाएको प्रहरी ले बताएको छ । घटनाको  मुचुल्का  तयार भइसकेको  र पोस्टमार्टमका लागि शव जिल्ला  अस्पताल  ल्याउने तयारी  भएको  जिल्ला  प्रहरी  कार्यालयले जानकारी  दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.