बैतडीमा नेपाल टेलिकमको टावरमा राखेका उपकरण तोडफोड

बैतडीमा नेपाल टेलिकमको टावरमा राखेका उपकरण तोडफोड
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : बैतडीको सिगास गाउँपालिका- १ जुकेपानीमा रहेको नेपाल टेलिकममा जडान गरिएका उपकरणमा तोडफोड गरिएको छ । कृषि विकास बैंक गाँजरीका लागि नेपाल टेलिकमको टावरबाट इन्टरनेट सेवा लिनको लागि राखिएका छुट्टै उपकरणमा तोडफोड गरिएको हो ।

तोडफोड कसले गरेको भन्ने खुलेको छैन । नेपाल टेलिकमको टावरमा बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री र सोलारपातामा तोडफोड गरिएको कृषि विकास बैंक गाँजरी शाखाका प्रबन्धक शुदीप चन्दले जानकारी दिए । सोलारको माध्यमबाट चल्ने गरेको उक्त टावरमा बैंक प्रयोजनको लागि छुट्टै पावर सप्लाईका लागि बैंकको तर्फबाट राखिएका छुट्टै ब्याट्री र सोलारमा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुर्‍याएको उनले बताए ।

उपकरणहरूमा क्षति पुगेसँगै बैंकका लागि जडान गरिएको इन्टरनेट सेवा पनि बन्द भएपछि बैंकिङ कारोबार पनि ठप्प जस्तै बनेको कृषि विकास बैंक गाँजरी शाखाका लेखापाल राम बहादुर विकले जानकारी दिए । अनलाइनको माध्यमबाट हुने रकम जम्मा र भुक्तानीको काम समेत हुन नसकेको उनले बताए । 

आइतबारदेखि इन्टरनेट सेवा अवरुद्ध बनेकाले गत शनिबार नै अज्ञात समूहले तोडफोड गरेको हुनसक्ने आंकलन गरिएको छ । यस विषयमा गाँजरी प्रहरी चौकीलाई पनि जानकारी गराइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.