संविधान संशोधनको विषय राजनीतिक शंकाको घेरामा राख्‍नु अनुचित : गृहमन्त्री

संविधान संशोधनको विषय राजनीतिक शंकाको घेरामा राख्‍नु अनुचित : गृहमन्त्री
तस्बिर : अन्नपूर्ण

महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताएका छन् । बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले संविधान संशोधनको मुद्दाले कसैले पनि झस्किनु नपर्ने बताए ।

'संविधान संशोधनको मुद्दा हामीले ल्याएका हौं। अहिलेको संविधानले व्यवस्था गरेको हो,कसैले झस्किनु पदैन,'उनले भने,'संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन र जनताका लागि थप उपयोगी बनाउन संविधान संशोधन गर्नु परेको हो ।'

उनले संविधान संशोधनको विषयलाई राजनीतिक शंकाको घेरामा राख्ने अपव्याख्या गर्ने  र यसैलाई राजनीति गर्ने उद्देश्य कसैले नराख्न आग्रह गरे ।  त्यसैगरी उनले संसदमा भएका दुई ठूला दलहरू बीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए । 

'दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ ,'उनले भने,'कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायो। सशस्त्र  द्वन्द्वलाई शान्तिमा ल्यायो।'

गृहमन्त्री लेखकले मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठूला दलहरू मिलेर देशको विशिष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.