कांग्रेस र एमालेको सरकारले जनविरोधी काम गर्न सुरु गरे : प्रचण्ड

कांग्रेस र एमालेको सरकारले जनविरोधी काम गर्न सुरु गरे : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको भन्दै संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका हुन्।

उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएको थियो। सदनमा प्रतिपक्षीको भूमिकालाई बलियो बनाउनका लागि अन्य प्रतिपक्षी दलहरुलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

त्यस्तै जटिल परिस्थितिको चुनौति सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरिएको सापकोटाले बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको भावना विपरीतको अभिव्यक्ति दिएकाले भन्दै यसले समग्र शान्ति प्रक्रियामा असर पार्न सक्ने धारणा राखे।

अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा ४० जनाले धारणा राखेका थिए। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्ने र सो बैठकमार्फत ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.