बझाङमा गहुँ बालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप

बझाङमा गहुँ बालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप
सुन्नुहोस्

बझाङ : बझाङमा ढिलो गहुँ लगाउने र पुरानो रोगी बिउ प्रयोग गर्ने प्रचलनका कारण गहुँ बालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप बढेको नेपाल कृषि अनुसन्धान परिषद नार्क खुमलटारको केन्द्रीय विज्ञको टोलीले जनाएको छ । 

नार्कको केन्द्रीय विज्ञ टोलीले तीनपटक बझाङमा आएर विभिन्न ठाउँको रोगी गहुँको नमुना परीक्षण गरि अध्ययन गर्दा ढिलो गहुँ लगाउने र पुरानो रोगी बिउ प्रयोग गर्ने प्रचलनका कारण गहुँ बालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप बढेको जनाएको हो । 

बझाङको विभिन्न ठाउँमा पुगी पहेँलो सिन्दुरे रोग लागेको १०० वटा रोगी गहुँका नमुना परीक्षण गर्दा यहाँको हावापानीलाई किसानले मध्यनजर नगरी गहुँ लगाउने गरेको र पुरानो रोगी बिउ प्रयोग गर्ने गरेका कारण सिन्दुरे रोग देखा परेको सुझाव आफूलाई प्राप्त भएको कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बताए । 

बझाङमा हाल डब्लु के १२०४ र स्थानीय गहुँ पुरानै रोगी बिउ प्रयोग हुँदै आएको पनि उनको भनाइ छ ।  उनका अनुसार यो समस्या देखिएपछि आज पहिलोपटक जयपृथ्वी नगरपालिका वडा नम्बर – ३ डुङ्ग्रीमा २५ जना कृषकसँग हरेक वर्ष लाग्ने पहेँलो सिन्दुर रोगको बारेमा पूर्व सचेतना गोष्ठी तथा छलफल कार्यक्रम गरिएको छ । 

पूर्व सचेतना गोष्ठी तथा छलफल कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख विष्टसहितको कार्यालयको टोली, ओजेटी गरिरहेका ९ जना विद्यार्थी र डुङ्ग्रीमा खेती गर्दै आएका २५ जना किसान सहभागी भएका थिए । 

गोष्ठीमा बझाङको तल्लो तटीय क्षेत्र तथा सेती र आसपासका खोला किनारमा खेतीपाती गर्दै आएका किसानलाई  पहिले गहुँ लगाउँदै आएको समयभन्दा १५ देखि २० दिन अगाडि तथा असोज १५ देखि कात्तिक १० गतेभित्र गहुँको बिउ छर्न सुझाव दिनुको साथै घरमा रहेको रोगी बिउ विस्थापित गरि ज्ञान केन्द्रबाट रोग नलाग्ने रोग अवरोधक जातको गहुँको बिउ ज्ञानकेन्द्रबाट उपलब्ध गराउने,  गहुँको क्षेत्रफल घटाएर आलुको क्षेत्रफल बढाउने तथा ज्ञान केन्द्र उन्नत जातको आलुको बिउ उपलब्ध गराउने, रोग लाग्नु पूर्व ज्ञान केन्द्र बझाङले आवश्यक तयारीका विषादी र भाँडाको प्रबन्ध मिलाउने लगायतका सुझाव दिइएको छ । 

बझाङमा अब पहेँलो सिन्दुरे अवरोधक बिउका रुपमा खुमल शक्ति भेरीगंगा र सुर्मा जातको गहुँको बिउ वितरण गरिने ज्ञान केन्द्रका कार्यालय प्रमुख विष्टले बताए । जिल्लामा करिब १४ हजार हेक्टरमा गहुँ खेती हुँदै आएको र ७ नम्बर प्रदेशमा सबैभन्दा बझाङमा ढिलो गहुँ बिउ लगाउने गरेको पनि उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.