नागढुङ्गा–मलेखु सडकको बेल्खुमा ढुङ्गा खस्यो, सडक एकतर्फी

नागढुङ्गा–मलेखु सडकको बेल्खुमा ढुङ्गा खस्यो, सडक एकतर्फी
सुन्नुहोस्

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ६ बेल्खुस्थित सडकमा माथिबाट ढुङ्गा खसेर सडक एकतर्फ अवरुद्ध भएको छ।

 नागढुङ्गा–मलेखु सडकमा ढुंगा खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको हो।  करिब १२ बजे बेल्खु पुलनजिकै सडकमा ठूलो ढुंगा खसेपछि यहाँबाट सवारी आवागमनमा कठिनाइ भएको छ। 

ढुंगा ठूलो र ठाउँ साँघुरो भएकाले दुईतर्फी खुलाउन समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ। 

अहिले आलोपालो गरेर गाडी सञ्चालन भइरहेको छ। दुईतर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएकोले करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने नागढुङ्गा मुग्लिङ सडक योजना(पूर्वी खण्ड)का प्रमुख ईश्वरबहादुर रिजालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.