प्रिमियम लक्जरी इभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

प्रिमियम लक्जरी इभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं : नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ। जिकर, चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ मोबिलिटी तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ।

यसै साता ह्यात रिजेन्सि काठमाडौंमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको उपस्थित थियो।

मिडिया पर्सनालिटि सदीक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रमको औपचारिक सुरुवात आमन्त्रित व्यक्तित्व तथा अतिथिहरूको अभिनन्दनसहित राष्ट्रिय गान बजाउँदै, माननीय देवेन्द्र दाहाल, शिव रतन शारडा, फेलिक्स हु, एस्टोर झाओ, र सन्दीप कुमार शारडाद्वारा पानसमा बत्ती बाली गरिएको हो।

शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा स्वागत मन्तव्य राखिएसँगै अघि बढेको कार्यक्रममा प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालद्वारा विशेष मन्तव्यपछि प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो। त्यसैगरी कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो। साथै, कन्टेमपररि डान्स प्रस्तुतीले कार्यक्रममा शोभा बढायो भने ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयुभिको विस्तृत जानकारी प्रदर्शन गरियो।

प्रमुख अतिथि माननीय देवेन्द्र दाहाल र शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभि ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरियो। त्यसैगरी नयाँ जिकर एक्स सँगै सहभागी तथा अतिथिहरूको फोटोसुट सेसन पनि सम्पन्न भयो। साथै शारडा ग्रुपका निर्देशक गौरव शारडाद्वारा धन्यवाद ज्ञापनपश्चात कार्यक्रम अन्तर्क्रिया तथा ‘ककटेल डिनर’मा परिणत भयो।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ। जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो। जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपङ्तिमा उभिन्छ। यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभीङ अनुभव प्रदान गर्दछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.