एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशनको त्रुटिका विषयमा १० दिनभित्र छानविन गर्न निर्देशन

एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशनको त्रुटिका विषयमा १० दिनभित्र छानविन गर्न निर्देशन

काठमाडौं : चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

समिति सभापति अम्बर बहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाको नतिजा

त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरूको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस विषयमा आवश्यक छानबिन गर्ने बताए। 

उनले नतिजा आएपछि आफू निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरे । नतिजाप्रति आएका गुनासाहरूको दायित्व आफ्नो निकायले लिने उनले बताए । उनले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमी हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गरे।

त्यस्तै आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले रोल नम्बरको आधारमा नतिजा प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरे।  समान नम्बर लिएर आएको समूहमात्रै नतिजा फरक परेको भन्दै छानविनका लागि आयोग तयार रहेको उनले बताए।

बैठकमा समिति सदस्यहरूले चिकित्सा शिक्षाको परीक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरू समेत आन्दोलित छन् । 

उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने,उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.