अमेरिकाको ह्यारिसबर्गमा बीसीएच मेला हुने

अमेरिकाको ह्यारिसबर्गमा बीसीएच मेला हुने
सुन्नुहोस्

काठमाडौं : अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिसबर्गमा बीसीएच मेला २०२४ भब्य रूपमा आयोजना हुने भएको छ। भुटनिज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच)ले आयोजना गरेको यो मेला अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ। भुटानी समुदायद्वारा सञ्चालन हुने यस मेलामा नेपाली संस्कृति, परम्परा, जातजातिका झाँकी र परिकारका स्टलहरू प्रदर्शित गरिने छ।

मेलाको मुख्य आकर्षणमा मौलिक नेपाली सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टलहरू, र विभिन्न खेलकुद प्रदर्शनहरू रहनेछन्। यस मेलामा स्थानीय नेताहरू, सरकारी कर्मचारीहरू र नेपाली समुदायका अन्य व्यक्तिहरूको पनि बाक्लो उपस्थिति रहनेछ। तेक्वान्दो र करातेका डेमोन्स्ट्रेसनहरूले मेलालाई थप आकर्षक बनाउनेछन्।

मेलामा मधपान र धूम्रपानलाई पूर्णरूपमा निषेध गरिएको छ। कुनै पनि कानुनी समस्या उत्पन्न भएमा आयोजकहरू जिम्मेवार नहुने बताइएको छ। यदि तपाईं स्टल राख्न इच्छुक हुनुहुन्छ भने बीसीएचको आधिकारिक फेसबुक पेजमा गएर आफ्नो स्थान सुरक्षित गर्न सक्नुहुनेछ। यो मेला नेपालीहरूको महान चाड दसैं र तिहारलाई लक्षित गरी आयोजना गरिएको हो।

भुटनिज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाका अनुसार मेलाको सुरक्षाका लागि १६ जना प्रहरी परिचालित गरिनेछ र अमेरिकाका विभिन्न राज्यहरूबाट नेपालीहरूको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। ह्यारिसबर्ग एरिया कम्युनिटी कलेज (HACC) मा आयोजना हुने यस मेलाको उद्‍घाटन ६ अक्टोबर २०२४ मा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.