वीरगन्जमा जसपाको विस्तारित बैठक, जनताको विश्वास जित्नेगरी काम गर्न मन्त्री यादवको निर्देशन

वीरगन्जमा जसपाको विस्तारित बैठक, जनताको विश्वास जित्नेगरी काम गर्न मन्त्री यादवको निर्देशन
सुन्नुहोस्

वीरगन्ज : खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी 'जसपा'को संगठनात्मक सुदृढीकरण र जनतासँगको पहुँचलाई अझ बलियो बनाउन आह्वान गरेका छन्। 

बुधबार वीरगन्जमा जसपा जिल्ला कार्यसमिति पर्साको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टीका उपमहासचिवसमेत रहेका मन्त्री यादवले पार्टीलाई सुदृढ बनाएर जनताको समस्यालाई समाधान गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्ताहरू'लाई निर्देशन दिए।

उनले भने, 'हामीलाई जनताको विश्वास जित्नु छ। त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। जनताको समस्या हाम्रै समस्या हो, त्यसैले हामी सधैं उहाँहरूको पक्षमा उभिनुपर्छ।'

मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्ताहरूसँग जनताको सेवामा समर्पित रहन र संठनलाई अझ एकताबद्ध बनाउन आग्रह पनि गरे। उनले भने, 'जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ। हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ। विकासका कामलाई प्राथमिकता दिनुपर्छ। जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।'

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले जसपाको सुदृढीकरण र भविष्यका चुनौतीहरूको सामना गर्न आवश्यक तयारीबारे चर्चापनि गरे। 'पार्टी एकताबद्ध भएमात्र हामीले आगामी चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्न सक्छौं। संठनलाई मजबुत बनाउँदै जनताको विश्वास लायक बन्नुपर्छ,' उनले भने।

बैठकमा वीरगन्ज महानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि पार्टीलाई सुदृढ बनाउन र जनताको सेवा गर्न सबै नेताहरू एकताबद्ध हुनु आवश्यक रहेको बताए। उनले भने, 'हामीले पार्टीलाई थप मजबुत बनाउन निरन्तर प्रयास गरिरहनुपर्छ।'

त्यस्तै जसपा पर्साका संयोजक तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले पार्टीलाई सफल बनाउन सक्रियताका साथ काम गर्न प्रेरित गर्दै भने, 'हामीले जनताको भरोसा जितेर आउने दिनमा जसपालाई सफल बनाउनुपर्छ।' बैठकमा जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि, तथा पार्टीका अन्य सदस्यहरूको उपस्थिति थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.