कोशीको निजामती सेवा ऐनको दोस्रो संशोधन पारित

कोशीको निजामती सेवा ऐनको दोस्रो संशोधन पारित
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक बुधबार पारित भएको छ।

कोशी प्रदेशसभा बैठकबाट उक्त विधेयक पारित भएको हो। संशोधन प्रस्ताव दर्ता गरेका सांसद (प्रदेशसभा सदस्य)ले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो।

नेकपा (माओवादी केन्द्र)का सांसदहरु गोम्बु शेर्पा र गणेश उप्रेती तथा नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ र नेकपा (एमाले) प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए। एमालेका सांसद इन्द्रमणि पराजुली, निरन राई, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए। 

सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने भन्दै प्रदेशसभा बैठकअघि छलफल गरेको थियो। छलफलपछि संशोधन प्रस्तावमा उठाएका महत्वपूर्ण विषय स्वीकार गर्ने र स्वास्थ्य सम्बन्धी ऐन छुट्टै बनाउने बताएपछि संशोधनकर्ताले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो।

दलहरुले सहमतिका आधारमा विधेयक पारित भएको हो। तर, माओवादीले आफ्ना सबै माग सम्बोधन नभएको भन्दै ऐन पारित गर्दा मत जनाएन। माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले दलले राखेका केही प्रस्तावमा सहमति नभएपछि मत नजनाएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.