मलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुस् : मुख्यमन्त्री लामा

मलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुस् : मुख्यमन्त्री लामा
सुन्नुहोस्

रातमाटे : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन आग्रह गरेका छन्। आफूलाई जनताले निर्वाचित गरेको र जनताकै काम गर्न आएको हुँदा आवश्यकताअनुसार आफूले कामगर्ने बताए।

नुवाकोटको रातमाटेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले आफूलाई कहाँ के विकास आवश्यक छ। त्यसको तथ्यांक निकालिसकेको र आवश्यकताअनुसार विकास निर्माणलाई प्राथमिकता दिने बताए। आफूलाई आफ्नै जिल्लाबासीले स्वतन्त्रतापूर्वक काम गर्न दिन र अनावश्यक दबाब नदिन आग्रह गरे। 

उनले आफूले सुशासन, आर्थिक पारदर्शिता र वित्तीय नियन्त्रण र अनुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए। यसका लागि प्रभावकारी रूपमा काम गर्ने उनले बताए। उनले माग र आवश्यकताको पहिचान गरी विकास, निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने बताए । शिक्षा र स्वास्थ्य मानवको पहिलो आवश्यकता भएका कारण यसलाई बिग्रिन नदिने उनले वाचा गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.