औषधिको गुणस्तरमा हेलचक्र्याइँ नहोस्

औषधिको गुणस्तरमा हेलचक्र्याइँ नहोस्
सांकेतिक तस्बिर
सुन्नुहोस्

औषधिको महत्वपूर्ण पक्ष हो– गुणस्तर । त्यसपछि सर्वसुलभ ढंगले औषधि उपलब्ध हुनुपर्छ । साथै, सर्वसाधारणले सुपथ मूल्यमा पाउनुपर्छ । औषधिको गुणस्तरका विषयमा बेला–बेला प्रश्न उठ्ने गरेका छन् । दर्ता नभएका कम्पनीका औषधि बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । त्यस्तै खुला सीमाको दुरुपयोग गर्दै स्वदेशमा दर्ता नभएका उद्योगका औषधि भित्रिरहेका छन् । 

त्यति मात्र होइन, स्वास्थ्य बिमामा आपूर्ति गरिएका औषधिको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । बिमाले तुलनात्मक रूपमा उचित मूल्य कायम गरे तापनि अस्वस्थ प्रतिस्पर्धाका कारण सस्तो मूल्यमा आपूर्ति गर्नुपर्ने बाध्यता छ । त्यसैकारण कतै न कतै गुणस्तरमा त्रुटि भएको स्पष्ट छ ।  

 nullnullnullपवन आचार्य     

यसमा सरोकारवाला निकायले गम्भीर रूपले अनुगमन गर्नुपर्छ । दोषीलाई कारबाही गरे मात्रै उपभोक्ताको हक अधिकार सुनिश्चित हुन्छ । औषधिको कच्चा पदार्थको उत्पादनको पनि डब्लूएमओ जीएमपी कम्प्लायन्स हुनै पर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । हाम्रा सबै औषधि उत्पादनमा त्यसको पालना अनिवार्य गर्नुपर्छ । औषधिको गुणस्तरका साथसाथै अर्को महत्वपूर्ण पक्ष हो, मूल्य । समयानुकूल हुने गरी औषधिको मूल्य समायोजन गर्दा उपभोक्तालाई धेरै राहत हुन्छ । बिक्री प्रबद्र्धनका लागि औषधिमा दिँदै आएको बोनसलाई कानुनी रूपमै दण्डनीय अपराधको परिभाषाभित्र पार्नुपर्छ । त्यसो भयो भने मात्रै औषधिको मूल्य समायोजनामा सहजता आउँछ । स्वदेशी होस् वा विदेशी औषधिको मूल्यमा एकरूपता हुनु जरुरी छ । 

औषधिको गुणस्तर, मूल्य समायोजन, अनुगमन, कारबाही लगायतका सवालमा नियमनकारी निकाय औषधि व्यवस्था विभागको भूमिका ठूलो हुन्छ । तर, बिडम्बना के छ भने सरकार फेरिनेबित्तिकै विभागको नेतृत्व पनि परिवर्तन हुन्छ । त्यसले पनि असर गरेको छ । अर्कोतिर विभागमा प्राविधिक जनशक्ति पर्याप्त मात्रामा छैन । 
 (आचार्य, औषधि आयातकर्ता संघका महासचिव हुन् ।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.