धार्मिक पर्यटनका लागि सूदुरपश्चिम भर्जिन क्षेत्र : मन्त्री पाण्डे

धार्मिक पर्यटनका लागि सूदुरपश्चिम भर्जिन क्षेत्र : मन्त्री पाण्डे
सुन्नुहोस्

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन्। बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। 

'सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ। तर पनि राज्यबाट पछि परेको छ। मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ,उनले भने, 'यसका लागि हामीले सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्नेछु।'

मन्त्री पाण्डेले  ५ सय भन्दा बढी पर्व र १३० वटा भाषा भएको उल्लेख गरे । उनले भाषा सभ्यता,संस्कृति,भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए।  संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख  गरे। उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत दावी  गरे।

साथै उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशोधन गर्दै अघि बढिरहेकोमा प्रस्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.