प्रचण्डका पछिल्ला अभिव्यक्ति अराजनीतिक र असंसदीय : महासचिव पोखरेल

प्रचण्डका पछिल्ला अभिव्यक्ति अराजनीतिक र असंसदीय : महासचिव पोखरेल
सुर्खेत बिमान स्थलमा नेकपा एमालेका महासचिव पोख्रेललाई स्वागत गर्दै एमाले नेता तथा कार्यकर्ताहरू । तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदको प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'का पछिल्ला अभिव्यक्तिहरू असंसदीय र अराजनीतिक भएको बताएका छन् । नेकपा एमालेको कर्णाली प्रदेशस्तरीय सचिवालयको बैठकलाई सम्बोधन गर्न सुर्खेत आउने क्रममा सुर्खेत बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । 

उनले भने,'प्रचण्डका पछिल्ला अभिव्यक्तिहरू सत्ताबाट बाहिरिएको रोदनमा असंसदीय र अराजनीतिक हुन् । संसदको प्रतिपक्ष दलको नेताले लोकतान्त्रिक व्यवस्थामा लोकतान्त्रिक व्यवहार देखाउनुपर्छ । त्यसैअनुसार अभिव्यक्तिहरू दिनुपर्छ । लोकतन्त्रमा विश्वास गर्नेले लोकतन्त्रकै विधि र पद्धतिमाथि नै प्रहार गर्नेगरी व्यक्तिगत कुण्ठा देखाउनु राम्रो कुरा होइन् ।'

 बंगलादेशप्रति लक्षित गरी ठाउँठाउँमा दिँदै आएका प्रचण्डका अभिव्यक्तिहरू मुलुक र लोकतन्त्रका लागि हितमा नहुने उनको भनाइ छ।  पछिल्लो समय मुलुकको समृद्धि, राजनीतिक स्थायित्वका लागि मुलुकका दुई ठूला दलहरू मिलेर सरकार गठन भएको बताउँदै उनले मुलुकलाई स्थायित्व दिन संविधानमा संशोधन गर्न खोजिएको स्पष्ट पारे।

उनले यसलाई एकतर्फीरुपमा संविधानमा भएको समानुपातिक समावेशीता खारेज गर्न खोजियो भनेर भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले भने,' यो गलत हो । हामीले त यसलाई थप मजबुत गर्दै संविधानका अधारभूत पक्षलाई व्यवस्थित बनाएर आवश्यक सुधार गर्न खोजेका छौँ ।'

उनले नेकपा एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ वटा कार्ययोजना बनाएर अगाडि बढिरहेको बताए । उनले भने,'कांग्रेस एमाले दुबै दल आगामी निर्वाचनमा एक्ला एक्लै लड्ने र सत्ता सहकार्य गर्ने गरी अगाडि बढिरहेका छौँ । नेकपा एमालेको पोलिट ब्यूरो बैठक सम्पन्न गरेका छौँ । केही समसामयिक प्रस्तावहरू पारित गरेका छौँ । हामीले त संकटबाट गुज्रिरहेको मुलुकलाई सही दिशामा लैजानका लागि ठूला राजनीतिक शक्तिहरूबीचको सत्ता सहकार्य जरूरी रहेको ठहर गरेका छौँ । '

'नेपालमा बहुदल पछिका सरकारहरू एक वर्ष नटिक्ने । मन्त्रीहरूले त झन् ६ /६ महिना पनि काम गर्न नपाउने अवस्था आयो । मुलुकको समृद्धिको बाधक नै मुलुकको राजनीतिक स्थीरता हो भन्ने  निष्कर्षसहित अहिलेको सरकार निर्माणमा मुख्य आधार हो । एमाले महासचिव पोख्रेलले भने,'संविधानमा आवश्यक संशोधन गरी नेपालका राजनीतिक दलहरूमा पनि संरचनागत सुधार गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ अहिलेको सरकार लागिरहेको छ। मुलुकको विकास र समृद्धिका लागि भिजन भएको नेता,बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व मुख्य कुरा भएकाले हामी त्यसतर्फ केन्द्रीत छौँ , 'उनले भने,' अहिलेको सरकारले लोकतन्त्रलाई सबल र व्यवस्थित बनाउने, समाजमा बढ्दो निराशा र विदेश पलायन रोक्ने, औद्योगिक विकास र रोजगारी सिर्जना गर्ने, व्यवसायीक निराशा चिरेर व्यवसायमैत्री वातावरण बनाउने, जातिगत अतिवादलाई न्यूनिकरण गरी नेपालको मौलिक संस्कृतिको संरक्षण गर्ने, नेपालको आर्थिक संकट समाधानका लागि उत्पादन र उत्पादकत्वको वृद्धि गर्ने गरी कार्य थालनी गरेको छ । '
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.