‘सीधा कुरा’ विरुद्ध अदालतको अपहेलना मुद्दामा आज आउला त फैसला ?

‘सीधा कुरा’ विरुद्ध अदालतको अपहेलना मुद्दामा आज आउला त फैसला ?
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा ‘सीधा कुरा’नामक अनलाइन र युट्युब च्यानलका प्रकाशक,कार्यकारी सम्पादकविरुद्धको मुद्दामा आज फैसला सुनाउने भएको छ। सुनुवाइका लागि बृहत्त पूर्ण इजलासमा पेशी तोकिएको छ। यसअघि ६ भदौमा सर्वोच्चको बृहत्त पूर्णइजलासले उक्त मुद्दाको सुनुवाइ गर्न आजका लागि मिति तोकेको थियो।

यसअघि साउन १७ गते बृहत्त पूर्णइजलासले उक्त मुद्दामा सुनुवाइ गरी फैसलाको मिति भदौ ६ गतेका लागि निर्धारण गरेको थियो। साउन १७ गतेको इजलासले मुद्दाको बहसमा सहभागी कानुन व्यवसायीहरूलाई १५ दिनभित्र ‘बहस नोट’पेस गर्ने समय दिइएको थियो। 

सर्वोच्च अदालतले सीधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध अदालतको अपहेलना मुद्दा फैसलाका लागि ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गरेको थियो। बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन्। 

‘सीधा कुरा’ नामको अनलाइनले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो। उक्त कार्यले अदालतको न्याय सम्पादनमा नै असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सीधा कुराविरुद्ध अदालतको अपहेलना मुद्दामा निवेदन दिएका थिए।

‘सीधा कुरा’ले तयार पारेको अडियो सामग्री भ्रामक र असत्य भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भइसकेको छ। प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सीधा कुराका प्रकाशक र कार्यकारी सम्पादकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत असार १३ गते विदयुतीय कारोबार ऐन र अपमानजक कसुरविरुद्धको अपराध गरेको अभियोगमा सीधाकुराका प्रकाशक युवराज कँडेल , कार्यकारी सम्पादक नवीन ढुंगाना / फेक अडियो बनाउने राजकुमार तिमिल्सिनालाई  प्रतिवादी बनाइ  १ लाख रुपैयाँसम्मको जरिवाना,पाँच वर्षसम्म कैद वा दुवै सजाय माग दावी गर्दै मुद्दा दर्ता गरेको थियो। फेक अडियो बनाएको आरोपमा तिमिल्सिना बुधबार पक्राउ परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.