मकवानपुरमा १८ जना नेपाली सेना सवार ट्रकमा आगलागी

मकवानपुरमा १८ जना नेपाली सेना सवार ट्रकमा आगलागी
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ। 

त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्डअन्तर्गत कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। 

इलाका प्रहरी कार्यालय पालुङका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा १२:२५ बजेको समयमा आगलागी भएको जनाएको छ। 

ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको हो। सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको प्रहरीले जनाएको छ। 

ट्रकमा १८ जना सवार रहेकोमा आगलागीबाट मानवीय क्षति भने भएको छैन। थाहा नगरपालिकाको दमकलले ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको इलाका प्रहरी पालुङले जनाएको छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.