भीरमौरीको लोभ लाग्दो शिकार

भीरमौरीको लोभ लाग्दो शिकार
फोटो सौजन्य : Medicinal Mad Honey

नेपालको दुर्गम पहाडी भूगोलले मात्र नभई यहाँको जैविक विविधताले पनि विश्वभरका अनुसन्धानकर्ता, साहसिक यात्री र जैविक उत्पादन प्रेमीहरूको ध्यान खिचेको छ। यस्तै जैविक उत्पादनहरूमध्ये एक हो भीरमौरीको मह, जसलाई हामी स्थानीयहरू 'भीरमह' भनेर चिन्छौं। भीरमौरीको मह शिकार परम्परागत, रोमाञ्चक र साहसिक कार्य हो। यसले नेपालमा लामो समयदेखि धार्मिक, सांस्कृतिक र आर्थिक महत्त्व बोकेको छ। यो महको शिकार गर्ने प्रक्रिया, स्थान, समय र यसमा भएका चुनौती र अवसरहरूको चर्चा गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। किनकि यो न केवल आर्थिक रूपले मूल्यवान छ, नेपाली संस्कृतिको अभिन्न अङ्ग पनि हो। 

भीरमौरी र यसको विशेषता
भीरमौरी संसारकै सबभन्दा ठूलो मौरी हो, जसलाई वैज्ञानिकरूपमा Apis laboriosa को नामले चिनिन्छ। यी मौरीहरू प्रायः नेपालका उचाइयुक्त पहाडी र हिमाली भेगमा पाइन्छ। तिनीहरूले मुख्यतः लालीगुराँसजस्ता फूलहरूबाट मह उत्पादन गर्छन्, जसमा ग्रयानोटोक्सिन नामक प्राकृतिक रसायन पाइन्छ। यस रसायनले महलाई विशेष स्वाद, गन्ध र औषधीय गुण प्रदान गर्छ। जसले गर्दा यसलाई थोरै मात्रामा सेवन गर्दा एकातिर शरीरमा ऊर्जा थपिन्छ, भने अर्कोतिर यसको अत्यधिक सेवनले गर्दा मात लाग्ने गर्दछ। यो अनौठो विशेषताले गर्दा भीरमहलाई अंग्रेजीमा ‘Mad Honey’ अर्थात् नेपालीमा ‘पागल मह’ भनिन्छ।

null

भीरमौरी महको शिकार प्रक्रिया 
भीरमौरीको मह संकलन प्रक्रियालाई ‘मह शिकार’ भनिन्छ, जुन अत्यन्तै साहसिक, चुनौतीपूर्ण र जोखिमपूर्ण छ। यसले पुस्तौंदेखि नेपालको पहाडी भेगमा बसोबास गर्ने गुरुङजस्ता आदिवासी समुदायहरूको जीवनशैलीलाई परिभाषित गरेको छ। यो प्रक्रिया परम्परागत ज्ञान, सीप र धैर्यको संयोजन हो, जसलाई मह शिकारीहरू विशेषगरी परम्परागत उपकरणहरू तथा प्रक्रियाद्वारा चरणबद्ध रूपमा सम्पन्न गर्छन्।

शिकारअघि शिकारीहरू आवश्यक उपकरणहरूको तयारी गर्छन्। निगालोको चोयाबाट बनाइएको डोरी, काठको भर्‍याङ, आगोको मुस्लो र सुरक्षा पोशाकको तयारी गरिन्छ। मह शिकारका लागि विशेष भर्‍याङ बनाइन्छ, जुन निगालोको चोयाबाट बनेको डोरीमा काठ राखेर तयार गरिन्छ। यो भर्‍याङ भीरमा चढ्नका लागि प्रयोग गरिन्छ। यसको तयारी शिकारको सबैभन्दा महत्वपूर्ण भाग हो, किनकि उपकरणहरूको गुणस्तरले मह शिकारको सफलतालाई निर्धारण गर्दछ। यो क्रममा समुदायका सबै सदस्यहरूले सहयोग गर्छन् र शिकारको लागि विशेषरूपमा तयार गरिएको स्थानमा पुग्छन्।

त्यसपछि  स्थानीय शिकारीहरूले महको शिकार गर्ने स्थानहरूलाई पहिचान गर्छन्। भीरमौरीका घारहरू प्रायः उचाइयुक्त, दुर्गम भीरहरूमा पाइन्छन्, जहाँ मौरीहरूको चाका सुरक्षित तरिकाले रहेको हुन्छ। पहाडको कापमा, जुन स्थान हावाहुरी र पानीबाट सुरक्षित हुन्छ, मौरीहरूले आफ्नो चाका बनाएका हुन्छन्। स्थानको पहिचानका लागि मौसम, हावाको दिशा र मौरीहरूको गतिविधि अध्ययन गरिन्छ।

null

तेस्रो चरणलाई मह शिकारको मुख्य चरण मानिन्छ। यसमा मह शिकारीहरूले निगालोको डोरीमा झुण्डिएर भीरमौरीको चाकामा पुग्छन्। जब शिकारीहरू मौरीको चाकामा पुग्छन्, तब उनीहरूको सहयोगीले तलबाट आगोको मुस्लो प्रयोग गर्छन्। आगोको धुवाँले मौरीलाई धुवाँ मौरीहरूलाई लठ्ठ्याउँछ, जसले गर्दा मौरीहरू चाका छोडेर उड्न बाध्य हुन्छन्। यो प्रक्रिया निकै संवेदनशील छ, किनभने अत्यधिक धुवाँले महको गुणस्तरलाई प्रभावित गर्न सक्छ। 

चौथो चरणमा मह शिकारीहरूले महको चाका काट्ने काम गर्छन्। धुवाँले मौरीहरूलाई लठ्ठ्याएपछि, उनीहरूले सावधानीपूर्वक चाका काट्न सुरु गर्छन्। चाका काट्ने क्रममा उनीहरूले चाका क्षति हुन नदिन थप सावधानी अपनाउँछन्। मह संकलन गर्दा उनीहरूले विभिन्न पारम्परिक र वैज्ञानिक उपायहरू प्रयोग गर्छन् जसले महको गुणस्तर र शिकारको सुरक्षितता सुनिश्चित गर्छ।

पाँचौं चरणमा काटिएको चाकालाई सुरक्षित रूपले भर्‍याङमा राखेर वा डोरीको सहयोगले तल बसेका सहयोगीहरूकहाँ ल्याइन्छ। यसरी सुरक्षित स्थानमा ल्याएर महको चाकाबाट मह सङ्कलन गरिन्छ। संकलित महलाई उचित प्याकेजिङ गरी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि पठाइन्छ। 

null

मह शिकार सम्पन्न भएपछि अन्त्यमा मह शिकारीहरूले उपकरणहरूको पुनः व्यवस्थापन गर्छन्। डोरी, भर्‍याङ र अन्य सामग्रीहरू सुरक्षितरूपमा राखिन्छ। शिकारपछि शिकारमा संलग्न सबै सदस्यहरूले महको बाँडफाँड गर्छन्, जुन सामुदायिक सहयोगको अर्को उदाहरण हो। यो प्रक्रिया अत्यन्तै कठिन र साहसिक हुने भएकाले यो काममा केवल अनुभवी व्यक्तिहरू मात्र संलग्न हुन्छन्।

भीरमौरी मह संकलनको समय र स्थान
भीरमौरीको मह संकलन गर्ने समय र स्थान विशेष महत्त्वका छन्। सामान्यतया, भीरमौरीको मह वर्षमा दुई पटक संकलन गरिन्छ। पहिलो पटक चैत्र, बैशाख र जेठ महिनासम्म र दोस्रो पटक असोज, कात्तिक र मंसिर महिनासम्म यो प्रक्रिया सम्पन्न गरिन्छ। जेठमा सङ्कलन गरिने मह विषाक्त हुन सक्छ, जुन धेरै मानिसले नसहने र बिरामी बनाउने खालको हुन्छ। लालीगुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्ने सम्भावना बढी हुन्छ। तर, मंसिरमा संकलन गरिने मह भने पोसिलो र स्वास्थ्यवर्द्धक मानिन्छ। 

भीरमहको मुख्य स्थानहरूमा लमजुङ, म्याग्दी, बागलुङ, जुम्ला, जाजरकोट, स्याङ्जा, गोरखा, दोलखा, धादिङ र सिन्धुपाल्चोकजस्ता पहाडी र हिमाली जिल्लाहरू पर्छन्। यी स्थानहरूमा मह शिकार गरेर संकलित मह स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिन्छ।

महको आर्थिक र सामाजिक महत्त्व
भीरमौरीको महले स्थानीय बासिन्दाहरूको आयआर्जनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। परम्परागतरूपमा औषधीय गुणका लागि प्रयोग गरिने भीरमह आज विश्वभरमा स्वास्थ्यबर्द्धक उत्पादनका रूपमा लोकप्रिय हुँदै गएको छ। यसको निर्यातबाट स्थानीय समुदायले ठूलो आर्थिक लाभ उठाइरहेका छन्। यसका साथै मह शिकारले गाउँमा रोजगारीको अवसर सिर्जना गरेको छ, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ।

null

चुनौतीहरू र वातावरणीय प्रभाव
तर, भीरमौरीको मह शिकारले केवल आर्थिक फाइदा मात्र पुर्‍याउँदैन, यससँगै चुनौतीहरू पनि छन्। अत्यधिक सङ्कलन, बासस्थानको नोक्सान र जलवायु परिवर्तनले मौरीहरूको अस्तित्वमा गम्भीर जोखिम निम्त्याएको छ। शिकारीहरूले परम्परागत सीपको ज्ञानलाई आधुनिक वातावरणीय सचेतनासँग समन्वय गर्न आवश्यक छ, ता कि यो स्रोत भविष्यका पुस्ताहरूका लागि पनि सुरक्षित रहोस्।

यस सम्बन्धमा २००२ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रद्वारा गरिएको अध्ययनले दिगो मह शिकारको आवश्यकता र मह उत्पादनको वातावरणीय प्रभावबारे महत्त्वपूर्ण तथ्यहरू बाहिर ल्याएको थियो। उक्त अध्ययनले पनि दिगो शिकारको अभ्यास नअपनाए यो परम्पराको अस्तित्व संकटमा पर्ने चेतावनी दिएको थियो।

यस महको दिगोपनालाई सुनिश्चित गर्नका लागि दिगो अभ्यासहरू अपनाउन आवश्यक छ। यसका लागि स्थानीय समुदायहरूमा आधारित पहलहरू, जस्तै ‘हिमालय बी कनसर्न’जस्ता संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। यी संस्थाहरूले मह शिकारका लागि चाहिने सुरक्षाका औजारहरू र सामग्रीहरू उपलब्ध गराउँदै आइरहेका छन्। यसले मात्र होइन, स्थानीयहरूलाई आवश्यक तालिम प्रदान गरी यस उद्योगलाई थप व्यवस्थित र दिगो बनाउन मद्दत पुर्‍याउँछ।

भीरमौरीको शिकार केवल आर्थिक लाभको स्रोत मात्र नभई नेपाली संस्कृति र पहिचानसँग पनि गहिरो रूपमा जोडिएको छ। यसको सन्दर्भमा, दिगोपना, आर्थिक लाभ र सांस्कृतिक संरक्षणलाई सन्तुलित राख्दै, भीरमह उद्योगलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ। भीरमौरीको महको महत्त्वलाई विश्वभरि फैलाउन सक्नु भनेको केवल नेपाली समुदायको मात्र नभई सम्पूर्ण विश्वको लागि लाभदायक कदम हुनेछ। 

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.