सोरुङ्छबिसे घटना: डीएसपीको कमाण्डमा अनुसन्धान टोली जाँदै

सोरुङ्छबिसे घटना: डीएसपीको कमाण्डमा अनुसन्धान टोली जाँदै
सुन्नुहोस्

उदयपुर : उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्छबिसेमा आमा छोराको हत्या घटनामा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन चापागाईंको नेतृत्वमा प्राविधिक टोली पठाइएको छ। 

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको बिहान करिब ६:३० बजे पसल भित्रै शव भेटिएपछि घटना शंकास्पद बनेको हो।

समयमा नै पसल बन्द गरेर राती सुतेका उनीहरू बिहान एकाएक मृत अवस्थामा फेला परेपछि घटना थप रहस्यमय बन्दै गएको छ। घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरिएकाले हत्या नै भएको स्थानीयको दाबी छ। तर, हत्या किन र कसले गर्यो भन्ने अहिलेसम्म प्रहरी र स्थानीय कसैले अनुमान गर्न सकेका छैनन्।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा गएको प्रहरीको टोली अनुसन्धान जारी राखेको छ, त्यसलाई थप मद्दत र सूक्ष्म अध्ययनका लागि डीएसपीको नेतृत्वमा टोली परिचालन गरिएको एसपी हरिनाथ योगीले बताए।

उनले भने, ‘घटनास्थलमा टेलिफोन नेटवर्क, इन्टरनेटको समस्या रहेकाले प्रविधि प्रयोग गर्न गाह्रो छ, त्यसैले हामीले सदरमुकामबाट कलडिटियल लगायतका प्रविधिका काम सकेर प्राविधिक टोली पठाएका हौ।’

स्थानीय दीपक राउत भन्छन्, ‘हत्या भएकै हो, तर कसले किन गर्यो भन्ने हामी पनि अनभिज्ञ छौ, कहीँ कतै झगडा, रिसिबी भएको कहिले सुनेका थिएनौं।ֹ’ घटनास्थलमा रगत सुकिसकेकाले राती १२/१ बजे नै घटना भएको हुन सक्ने उनको अनुमान छ। पसलको भित्री भागमा एउटा खाट राखेर आमा र छोरा सुत्ने गर्थे। भित्ताभरी रगतपक्ष भएकाले हत्या नै भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.