कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मण प्रसाद चौरसियालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

चौरसिया समेत चारजनाले २०६४ वैशाख २५ गते राति पर्सा साविक बहुअर्वा गाविस-५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको घटनामा वारदातपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । 

साथै सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.