यस वर्ष डेंगीबाट ६ हजार ८ सय बढी संक्रमित, चार जनाको मृत्यु

यस वर्ष डेंगीबाट ६ हजार ८ सय बढी संक्रमित, चार जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : शिक्षा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस वर्ष हालसम्म ६ हजार ८ सय ३१ जनामा डेंगी संक्रमण भएको जानकारी दिएका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पौडेलले डेंगीका कारण चार जनाले ज्यान गुमाएको बताए। सबै जिल्लामा फैलिएको डेंगी नियन्त्रणका लागि सबै तहसँग मिलेर काम गरिरहेको उनले बताए। 

मन्त्री पौडेलले देशभर ७८ जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए। उनले बाँकेको नरैनापुर झाडापाखलाबाट चार जनाको मृत्यु भएको विषयमा झाडापाखलाको कारण पत्ता लगाउने प्रयास भइरहेको बताए। उनले इन्सेफलाइटीसका कारण तीन जनाको मृत्यु भएको भन्दै सवै सरुवा रोग नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको जिकिर गरे। उनले सरकारी अस्पतालको सेवा सुविधा विस्तार गर्ने, अस्पतालमा लाइन घटाउने काम भइरहेको बताए।

छलफलपछि समितिले अस्पतालबाट सेवा लिने विरामीका लागि सबै प्रकारका औषधिहरू अस्पतालका फार्मेसीबाटै सहजै प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। अस्पतालका सबै प्रकारका सेवाहरूलाई प्रभावकारी बनाइ आम नागरिकको सहजरूपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा विगतमा दिइएका निर्देशनहरूको कार्यान्वयन गरि सोको प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन निर्देशन दिइएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

त्यस्तै बैठकले औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन बिक्री वितरण लगाएका कार्यलाई नियमन गर्न र दर्ता नभएका पोषण परिपुरकहरूको जथाभाबी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.