अभिभावकको प्रतिवद्धतापछि मात्रै रसिया जाने विद्यार्थीलाई अध्ययन अनुमति दिइने

अभिभावकको प्रतिवद्धतापछि मात्रै रसिया जाने विद्यार्थीलाई अध्ययन अनुमति दिइने
सुन्नुहोस्

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिबद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छन्।

बिहीबार सिंहदरबारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रसियामा युद्ध भइरहेकाले अभिभावकको प्रतिवद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताइन्।

रसिया र युक्रेनबीचको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो। सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो। 

मन्त्री भट्टराईले रसियमा दुईदेखि ६ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको बताइन्। उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन्। अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।

अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरूको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले बताइन्। छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए। मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा पढ्नका लागि ४० जना विद्यार्थीले छात्रवृति पाएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.