एमाले नेताहरूले भेटे माओवादी अध्यक्ष प्रचण्ड

एमाले नेताहरूले भेटे माओवादी अध्यक्ष प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन्। एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको नेतृत्वका एमाले नेताहरू प्रचण्डलाई भेट्न बिहीबार खुमलटारस्थित निवास पुगेका हुन्।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा छलफल गर्न एमाले नेताहरू खुमलटार गएका हुन्। भट्टराईले अध्यक्ष प्रचण्डसँग सोही विषयमा छलफल भएको उल्लेख गरेका छन्।

जवाफमा प्रचण्डले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने बताएका थिए। त्यसका लागि अध्यक्ष दाहालले पार्टीबाट पनि औपचारिक निर्णय गराउने प्रतिवद्धता जनाएका थिए। 'सरकारले भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहनेछ,' दाहालको भनाई उद्धृत गर्दै भट्टराईले भने। 

भेटमा प्रदेश इन्चार्जसहित काठमाडौंका इन्चार्ज र पालिका इन्चार्जहरू सहभागी थिए। एमाले नेताहरूले सोही विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.