एनपीएलको ८ फ्रेन्चाइज टिम मालिक घोषणा, सबैभन्दा बढीमा बिक्यो टिम पोखरा

एनपीएलको ८ फ्रेन्चाइज टिम मालिक घोषणा, सबैभन्दा बढीमा बिक्यो टिम पोखरा
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्जाइज टिमका मालिकको टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्जाइज टिमका मालिकहरूको नाम सार्वजनिक गरेको छ। 

क्यानका अनुसार सबैभन्दा महँगोमा टिम पोखरा बिकेको छ। पोखरालाई नेपाल टी-२० प्रालिले ३ करोड ५७ लाखमा किनेको छ। त्यस्तै दोस्रो महँगोमा टिम काठमाडौं बिकेको छ। काठमाडौंलाई कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ किनेको क्यानले जनाएको छ।

त्यस्तै जनकपुरलाई ड्रीम स्पोर्ट्सले २ करोड ५ लाख, लुम्बिनीलाई फर्चुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ, चितवनलाई चितवन मेडिकल कलेजलाई १ करोड ७६ लाख १ हजार, सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ, विराटनगरलाई म्याड ड्रीम्स स्पोर्ट्सले क करोड ५१ लाख र कर्णालीलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको हो।

क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.