संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाने
काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल पनि महासभामा भाग लिन अमेरिका जानेछन्।
राष्ट्रसंघको ७९औं महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्युयोर्कमा हुँदैछ। २८ सेप्टेम्बरसम्म चल्ने महासभामा विश्वभरिका राष्ट्र प्रमुखहरूको सहभागिता रहने बताइएको छ। विश्वभरिका देखिएका समस्या र चुनौतीका विषयमा राष्ट्र प्रमुखहरूबीच छलफल हुने राष्ट्रसंघले जनाएको छ।