आकांक्षी धेरै भएपछि गृह सचिवको टुंगो लागेन

आकांक्षी धेरै भएपछि गृह सचिवको टुंगो लागेन

काठमाडौं : गृह सचिव बन्ने आकांक्षीहरू धेरै भएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठक अनिर्णित बनेको छ। 

मन्त्रिपरिषद् बैठकमा गृह सचिव नियुक्तिका लागि दीपक काफ्ले, नारायणप्रसाद शर्मा दवाडी, गोकर्णमणि दवाडी, मुकुन्द निरौला, हरि मैनालीलगायत सचिवहरूका बारेमा छलफल भए पनि टुंगो लाग्न नसकेको एक मन्त्रीले बताए।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृह सचिव नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच छलफल हुने भएको छ। छलफलपछि मात्रै एक जनाको नाम टुंगो लगाउने स्रोतको भनाइ छ। 'भोलि प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएपछि गृह सचिवको टुंगो लाग्छ,' स्रोतले अन्नपूर्णसँग भन्यो।

तत्कालीन गृहसचिव एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त भएपछि गृह मन्त्रालयको सचिव रिक्त छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.