बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु, एक बेपत्ता

बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु, एक बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

बागलुङ : बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। बिहीवार रातीदेखि परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका-४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकलसहित तीन युवालाई बगाएको हो।

बिहीवार राती साढे १२ बजे बा.न.पा.–४ कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बरको स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए। 

उनले सोही स्थानका २० वर्षीय कमल सापकोटा बेपत्ता रहेको बताए। सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले जानकारी दिए।

सापकोटाको शव घटनास्थलबाट झण्डै १ सय मिटर र रेग्मीको शव २ सय मिटर तल फेला परेको हो। मृत्तक दुवैको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पतालमा ल्याइएको छ। 

बेपत्ता सापकोटाको खोजी कार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो। बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर गरेलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। बाढीले बगाएको स्कुटर सडक छेउमा फेला परेको छ भने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.