आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडको गरिमालाई सम्मानजनक बनाउनु आवश्यक छ : राष्ट्रपति

आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडको गरिमालाई सम्मानजनक बनाउनु आवश्यक छ : राष्ट्रपति
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्‌भाव कायम गर्न तीज पर्वले महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन्। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव‚ हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले उत्साह भर्ने उनको भनाई छ।

‘समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ ।’ हरितालिका (तीज)को शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव‚ हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले  सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु ।’


विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्‍चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । उनले भनेका छन्, ‘परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यस चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु ।’

देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न  यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्‍नु अति आवश्यक रहेको उनको भनाई छ । ‘समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचार युक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न  यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्‍नु अति आवश्यक रहेको छ ।’ शुभकामना सन्देशमा भनिएको छ,‘यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्‌किलोपन र खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसंगतिलाई हटाउँदै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न पनि आवश्यक देखिन्छ ।’

उनले देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्‍ने कामना व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.