बागलुङमा खोलाले बगाएर बेपत्ता एक युवाको शव भेटियो

बागलुङमा खोलाले बगाएर बेपत्ता एक युवाको शव भेटियो
सुन्नुहोस्

बागलुङ : बागलुङमा खोलाले बगाएर बेपत्ता भएका एक युवाको शव भेटिएको छ। बान्द्रे खोलाले बगाउँदा बेपत्ता भएका बागलुङ नगरपालिका–४ बान्द्रेका कमल सापकोटाको शुक्रबार बिहान शव भेटिएको हो।

बिहीवार राती परेको भीषण वर्षासँगै बानपा–४ कुँडुले हुँदै बग्ने बान्द्रै खोलामा आएको बाढीले कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेका तीन युवालाई गयराती (बिहिबार राती साढे १२ बजे) मोटरसाइकलसहित बगाएको थियो। तीन जना युवाकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) तथा सूचना अधिकारी विजय यादवले बताए। 

घटनामा परेर ध २ प ८०१० नम्बरको मोटरसाइकलमा सवार बागलुङ नगरपालिका–५ बान्द्रेका २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बाढीले बगाएर एक सय मिटरदेखि पाँच सय मिटर तलसम्म उनीहरूको शव भेटिएको थियो। दुई जनाको शव राती नै भेटिए पनि २० वर्षीय कमलको शव बिहान मात्रै भेटिएको हो। स्थानीयबासी र प्रहरी टोली खोजीमा सक्रिय थिए। 

उनीहरू मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर घर फर्किदैं गर्दा मोटरसाइकललाई खोलाले बगाएको थियो। स्कुटर र स्कुटर चालक सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकहरूको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.