मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र
सुन्नुहोस्

रुकुमपूर्व : अविरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैरा खोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोले बागलुङको बुर्तिबाङ/रुकुमपूर्व खण्ड र बागलुङ–बुर्तिबाङ खण्ड पूर्णरूपमा अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका निसीखोला गाउँपालिका-४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिएका छन् । 

लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, रुकुमपूर्व रुकुम पश्चिम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौं लगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौं, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । रुकुमपूर्व र जाजरकोटका लागि काठमाडौंबाट गएका रात्री बस बुर्तिबाङमै रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.