बैतडीमा भन्सार छली ल्याइएको ३२ बोरा चिनी बरामद

बैतडीमा भन्सार छली ल्याइएको ३२ बोरा चिनी बरामद
फाइल तस्बिर।
सुन्नुहोस्

बैतडी : बैतडीमा प्रहरीले भन्सार छली गरी ल्याइएको चिनीसहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको मेलौली नगरपालिका-७ स्थित काँडा बजारबाट बिहीवार करिब साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले १ लाख ४४ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो। 

सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३५१० नम्बरको ट्रकमा ल्याइएको चिनीसहित उक्त ट्रक र चालक पञ्चेश्वर गाउँपालिका–३का ४८ वर्षीय दामोदर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए। 

ट्रकमा ५० केजीका ३२ बोरा (१६ क्वीन्टल) चिनी रहेको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.