‘स्वतन्त्रताको दुरुपयोग गर्ने मिडिया आफैं सकिन्छन्’

‘स्वतन्त्रताको दुरुपयोग गर्ने मिडिया आफैं सकिन्छन्’
सुन्नुहोस्

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारबाही गर्दै आएको  उनले बताए । 

‘आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारवाहीमा परिरहेका छन्,’ बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने । 

उनले योजनाबद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको जानकारी दिए । उनले स्वतन्त्रताको दुरुपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफैं खुम्चिने समेत बताए ।  

‘युट्युब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौं भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ,’ नयाँ अनलाइन, युट्युब माध्यमका सञ्चालक, सम्पादकहरूसँगको अभिमूखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भने । 

प्रेस काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई बर्गीकरण गरेको छ । बिनादर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.