स्कुलमा आगलागी हुँदा केन्यामा कम्तिमा १७ विद्यार्थीको मृत्यु

स्कुलमा आगलागी हुँदा केन्यामा कम्तिमा १७ विद्यार्थीको मृत्यु
सुन्नुहोस्

काठमाडौं : केन्याको एक स्कुलमा आगलागी हुँदा १७ जना विद्यार्थीको मृत्यु भएको छ। बिहीबार राति न्यरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरी स्कुलमा आगलागी हुँदा कम्तिमा १७ जना विद्यार्थीको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

आगलागीमा परेर धेरै बालबालिकाहरू गम्भीर घाइते बनेको एजेन्सीहरूले उल्लेख गरेका छन्। ६ देखि १४ वर्षका बालबालिकाहरू पढ्ने उक्त स्कुलमा ८ सय विद्यार्थीहरू रहेको बताइएको छ।

प्रहरीले घटनाको छानबिन सुरू गरेको छ। केन्याका राष्ट्रपति विलियम रुटोले पनि घटनालाई विनाशकारी रहेको बताएका छन्। उनले घटनाको छानबिन गर्न आदेशसमेत दिएको छ। दोषीहरूलाई कुनै हालतमा नछोड्ने राष्ट्रपतिले उल्लेख गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार शवहरू पहिचान नै नहुनेगरी जलेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.