किशोरीहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

किशोरीहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : किशोरीहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-२ का ३३ वर्षीय राजिव लामा र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ की २५ वर्षीय सर्मिला कटुवाल रहेका छन्। 

उनीहरूले ललितपुर महानगरपालिका-१४ सातदोबाटो स्थित न्यु नमस्ते  रेष्टुरेन्ट बारमा आर्थिक अवस्था नाजुक भएका बालिका/महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी काममा राख्ने गरेका मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। 

सूचना अधिकारी मिश्रका अनुसार केही समयपछि बारमा आएका ग्राहकहरूसँग बसी मादक पदार्थ भर्ने, ग्राहकहरूसँगै बसेर खान लगाई धेरै बिल बढाउने काममा लगाउने गरेको खुलेको छ। 

बारमा महिला/बालिकाहरूलाई राखी शारीरिक सम्पर्क राख्न ग्राहकहरू आएपछि निजहरूलाई रोज्न लगाई शारीरिक सम्पर्क राख्न पठाउने गरेको खुलेको छ। ग्राहकहरूबाट प्रतिव्यक्ति एक हजारदेखि पाँच हजारसम्म लिई पीडितहरूलाई सो वापत प्रतिव्यक्ति ५ सय दिई शारीरिक सम्पर्क राख्न लगाउने गरेको खुल्न आएको ब्यूरोले जनाएको छ। 

बारबाट ठूलो परिमाणमा प्रयोग गरिसकिएका र प्रयोग नभएका अस्थायी साधन (कण्डम)हरू बरामद भएको छ। बालिका/किशोरीहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ भने पीडित तीन जना किशोरीलाई उद्धार गरी सुरक्षित आवासमा राखिएको छ। 

वेश्यावृत्तिमा लगाउने अभियुक्तहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएकोमा ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.