एनसेलले ल्यायो नयाँ टिकटक प्याक

एनसेलले ल्यायो नयाँ टिकटक प्याक
सुन्नुहोस्

काठमाडौं : एनसेलका सबै ग्राहकहरूले अब मजाले टिकटक लगाउन सक्छन्। एनसेलले आज शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ।

ग्राहकहरूले करसहित मात्र १७५ मा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउँछन्  त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्छन्।  

सरकारबाट टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो। यसको मतलब अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रूपमा आउने डेटाबाट चलाउन पाउँछन्।

'नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरू सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,' एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भने, 'हामीले आजैबाट लागू हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं। यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं।'

एनसेलले सधैं अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ। बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरूबाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन्। 

त्यस्तैगरी सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरुमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन्। सधैं अन अनलिमिटेड प्याकहरु अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ। यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ।      

सरकारले भदौ ६ गतेको बैठकबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको थियो। यो निर्णय पश्चात नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.