सरकारको विरोध गर्नु भनेको बहादुरी प्राप्त गर्नु जस्तो हुन थाल्यो, तर यो नेपाली संस्कारभित्र पर्दैन : ओली

सरकारको विरोध गर्नु भनेको बहादुरी प्राप्त गर्नु जस्तो हुन थाल्यो, तर यो नेपाली संस्कारभित्र पर्दैन : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो हुन थालेको टिप्पणी गरेका छन्। निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने काम उचित नहुने बताएका हुन्। 

अहिले नियोजित र प्रायोजितरुपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको दाबी गरे। ‘अहिले नियोजित र प्रयोजितरुपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ। सरकारको विरोध गर्नु भनेको केही नगरीकन प्राप्त हुने बहादुरी जस्तो भएको छ। वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन।’

उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताए। ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरे। ‘तपाइँहरु कतै प्रयोग नहुनुस्। भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस्। तपाईँहरूलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन्। भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्। भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्।’, प्रधानमन्त्री ओलीले भने,‘म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिइन्नँ।’

नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको भनाई छ। उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको उल्लेख गरे।अरुलाई दोष दिएर नहुने भन्दै एमाले अध्यक्षसमेत रहेका ओलीले भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको स्पष्ट पारे।

null

उनले राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देशन दिए। उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.