लागू औषध कारोबारको अखडा बन्दै धरान

दैनिक पक्राउ पर्छन् कारोबारी

लागू औषध कारोबारको अखडा बन्दै धरान
फाइल तस्बिर।
सुन्नुहोस्

धरान : धरान लागू औषध कारोबारको अखडा बनेको छ । धरानमा दैनिक लागू औषध कारोबारी पक्राउ पर्न थालेका छन् । 

धरानमा भारतबाट प्रतिबन्धित विभिन्न प्रकारका लागू औषध र धनकुटाबाट प्रतिबन्धित लागू औषध गाजा तस्करी गरि धरान ल्याएर बिक्री वितरण गर्ने गरेका छन् । 

धरान उप-महानगरपालिका  वडा नं. ९ बगैचालाइन स्थित भाग्यमानी लिम्बुको घरमा कोठा भाडा लिइ इन्जिनियर कन्सलटेन्सी सञ्चालन गरी  बस्ने  २४ वर्षीय साहिद जावेदलाई भारी मात्रामा लागू औषधसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए । 

उनले पक्राउ परेका जावेदलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइ राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको बताए । जाबेदको साथबाट ट्रामाडोल १२ हजार दुईसय क्यापसुल, गाँजा ९ सय ७५ ग्राम, डिकोनिल ३२० क्याप्सुल  र  लागू औषध बिक्री गर्ने डिजिटल तराजु एक थान बरामद गरिएको वडा प्रहरी कार्यालय धरानका इन्चार्ज रुद्र खडकाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.