मकै बोटमै कुहियो, किसान परे मर्कामा

मकै बोटमै कुहियो, किसान परे मर्कामा

धादिङ  : धादिङको रानीबारीका किसानले बारीमा रोपेको मकैमा घोगा बोटमै कुहिइँदा चिन्तामा परेका छन्। घोगा लागेको भए बेच्ने समय भएको बेलामा बोटमै कुहिएर गन्हाउन थालेपछि किसान बारीमा समेत जान सक्ने अवस्था छैन। सीपी जातको मकैको बिउ लगाएका ६० भन्दा बढी किसानको मकै बोटमै कुहिएको हो।

धादिङको थाक्रे गाउँपालिका– ६ स्थित रानीबारीका किसानले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा लिएको सीपी जातको मकैको बोटमा सेतो जुँगा लाग्नेबित्तिकै कुहिन थालेको हो। घोगा लागेर हरियो मकै बेच्ने र आफूले पनि खाने उद्देश्य राखेका किसानको मकै कुहिन थालेपछि उनीहरू मर्कामा परेका छन्। के कारणले मकै घोगा हाल्ने समयमै कुहियो अझै समस्या पहिचान भएको छैन। घोगा नलाग्दै कुहिन थालेपछि आएको गन्धले किसान बारीमा जान सक्ने अवस्थासमेत नरहेको कृषक हरि थापा गुनासो गर्छन्। 

मकैको घोगासँगै बोटसमेत सुकेको छ। हरियो मकै बेच्ने र बाँकी रहेको आफ्नो लागि अनि वस्तुभाउको लागि प्रयोग गर्ने मकै नै कुहिएपछि किसान थप चिन्तामा छन्। स्थानीय कृष्णबहादुर थापाले तीन केजी सीसी ८०८ जातको मकै रोपेका थिए। उनको पनि सबै बोटका घोगा कुहिएको बताए। मकै पोलेर खानसमेत पाएको कृष्णबहादुरको गुनासो छ। कृष्णबहादुर जस्तै स्थानीय गुरुदत्त गर्तौलाले पनि १८ रोपनी जग्गामा ८ केजी सीसी जातको मकैको बिउ नै रोप्नु भएको रहेछ । उहाँको मकैका बोटमा पनि कुहिने समस्या देखियो। 

अन्य किसानको बोटमा पनि घोगा कुहिएर बारीमा जानै नसक्ने अवस्था रहेको अन्य कृषकको पनि गुनासो छ। मकैको घोगा कुहिएपछि बेचेर उपचार खर्च जुटाउनसमेत किसान नसक्ने भएका छन्। सुरुमा मकैमा युरिया राख्दासम्म ठीकै भएको पछि घोगा लागेपछि कुहिन थालेको कृषक बताउँछन्।

मकैमा घोगा नलागेको विषयमा वडा जनप्रतिनिधिलाई पनि जानकारी भइसकेको छ। पालिकाको वार्षिक कार्यक्रममार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए। घोगा के कारणले कुहिएको हो छलफल गरेर कृषकको समस्या समाधान गर्न लाग्ने वडाध्यक्ष थापाको भनाइ छ।

कृषि शाखामार्फत बिउ खरिद तथा वितरण गर्ने काम भएको् थियो। यस वर्ष १ हजार २ सय ३० केजी बिउ वितरण गरेकोमा ३ सय २० केजी बिउमा समस्या देखिएको शाखाका प्रमुख सौगात थापाले जानकारी दिए। घोगा कुहिने समस्या देखिएपछि बिउ सप्लायर्स कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई छलफलका लागि पत्राचारसमेत गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.