साउदीमा एनआरएनको तीज कार्यक्रम सम्पन्न

साउदीमा एनआरएनको तीज कार्यक्रम सम्पन्न
सुन्नुहोस्

साउदी : साउदी अरेबियामा एनआरएन साउदीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। ६ सेप्टेम्बर २०२४ का दिन भएको कार्यक्रममा पानसमा बत्ती बाली राष्ट्रिय गानबाट सुचारु गरिएको थियो भने आयोजकले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत मन्तव्यसहित हरितालिका तीजको शुभकामना दिएको थियो।

कार्यक्रममा अध्यक्ष रबिना अर्यालले नेपाली महिलाहरूको पर्व तीजलाई साउदीमा नेपालकै अनुभूति हुनेगरी भव्य बनाउन सबैलाई आग्रह गरिन्।  उनले संस्थाका पूर्वअग्रजहरूको सहभागीले थप हौसला मिलेको र आगामी दिनमा संस्थालाई सबैसँग सहकार्य गरि थप बलियो बनाउँदै लैजाने विश्वास व्यक्त  गरिन्।

कार्यक्रममा रियाद दूतावास परिवार ,साउदीका लागि पर्यटन दुत तथा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएन आसिसी सदस्यहरु,,तथा साउदीमा रहेका विभिन्न संस्थाका प्रतिनिधि लगाएत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । रियाद दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलगायत संस्थाका प्रतिनिधिले संस्थाको गरेको कार्यक्रमको प्रशंसा गदै तीजको शुभकामना दिएका थिए।

कार्यक्रममा गायिका प्रीति आलेले तीजको लरि लै , सोल्टी राजाको तुम्लेट, नयाँ साथी ,नानीको कहाँ पर्यो घर, फुल्लो बाबरी, दुनियालाई,खरि झर्यो ,जस्ता गीतबाट दर्शकहरूलाई मनोरन्जन दिइएकी थिइन। तीजको रहर आयो बरि लै गीतमा सामूहिक रूपमा नृत्य गर्नुको साथै  आइन आमा यो तीजमा, तीजको रहर आयो बरि लै, रमाइलो गरौं सँगी हो तीजको लहर, चिटिक्कै भाकी छौ रे, खाउँकी की नखाउँ दर कोसेली, कोही छैन सँग सँगै घुम्न, हङकङको साडीले हरिया हरिया जस्ता रिमिक्स तीजका विभिन्न गीतहरूमा उपस्थित दिदी बहिनीहरूले कम्मर मर्काएर नाच्दै रमाइलो गरेका थिए।  

उपस्थित दर्शकहरुले साउदीमा यति धेरै नेपाली दिदीबहिनीहरु भेला भएर रमाईलो गरेको कार्यक्रम पहिलोपटक र एतिहासिक भएको बताए । स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो भने कार्यक्रममा गायिका आलेलाई एनआरएन तथा विभिन्न संस्थाले स्वागत तथा सम्मान समेत गरेका थिए। कार्यक्रममा दरस्वरूप विभिन्न किसिमका परिकारहरूको व्यवस्था गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.