कर्णाली राजमार्गमा हाइस दुर्घटना हुँदा ८ जना घाइते, ५ को अवस्था गम्भीर

कर्णाली राजमार्गमा हाइस दुर्घटना हुँदा ८ जना घाइते, ५ को अवस्था गम्भीर
सुन्नुहोस्

कालीकोट :  कर्णाली राजमार्गको तिलागुफा-५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।  

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य छन्। १५ जना सवार गाडी ओरालो सडकमा ब्रेक नलाग्दा मोड्ने क्रममा सडकमै पल्टिएको छ। 

सुर्खेत जाँदै गरेका सिंजा-३ का ५२ वर्षीय धनमाने सार्की,  सोही ठाउँका ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, सोही गाउँकी ६४ वर्षीया मनकन्या चौलागाई, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए। 

कालिकोटको तिलागुफा नगरपालिका-८ का तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाई र पूर्ण प्रसाद चौलागाईं पनि घाइते भएको स्थानीय तथा प्रत्यक्षदर्शी मनमोहन पाण्डेले बताए। 

घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरोले क्षत विक्षत गरेर कर्णाली राजमार्ग जोखिमपूर्ण अवस्थामा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.