विराटनगरबाट दाजुभाइ पक्राउ, सट्टेबाजीको आरोप

विराटनगरबाट दाजुभाइ पक्राउ, सट्टेबाजीको आरोप
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट एकै घरका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ। सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरिएको जानकारी दिए। घरमा छापा हानेर उनीहरुलाई भदौ १८ गते पक्राउ गरिएको बस्नेतले बताए। 

उनका अनुसार दुवै जनाले घरबाटै सट्टेबाजीको धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको सूचना प्रहरीले प्राप्त गरेको थियो। त्यही सूचनाका आधारमा घरमा छापा हानेर दाजुभाइलाई पक्राउ गरिएको उनको भनाइ छ। 

उनका अनुसार उत्कृष्टले प्रयोग गर्दै आएको एनड्रोइड मोबाइलमा ‘वान एक्स बेट’लगायतका एप्स ‘डाउनलोड’ गरेको र त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजी लिनेदिने काम गर्ने गरेको पाइएको छ। सट्टेबाजीमा प्रयोग गर्दै आएको कम्प्युटरको सीपीयू, राउटर, मोबाइललगायत घरको कोठाबाट बरामद गरिएको जानकारी बस्नेतले दिए।  

पक्राउ परेका दाजुभाइविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। यससँग सम्बन्धित थप कुरा अनुसन्धानबाट पत्ता लाग्ने डीएसपी बस्नेतको भनाइ छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार सट्टेबाजी गर्नेलाई १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन्छ। उक्त सजाय हुनका लागि मुद्दा स्थापित भएर कसुर ठहर हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.