वीरगन्जमा १५ सय युनिट रगत संकलन गरिने

वीरगन्जमा १५ सय युनिट रगत संकलन गरिने
सुन्नुहोस्

वीरगन्ज : तेरापंथ युवक परिषदले १५ सय युनिट रगत संकलनका लागि पर्सा र बारामा एकैसाथ बृहत् रक्तदान शिविर सञ्चालन गर्ने भएको छ।

वीरगन्जमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले रक्तदान शिविरको बारेमा जानकारी गराएको हो। ११ दिनसम्म निरन्तर चल्ने रक्तदान कार्यक्रम पर्सा र बाराका विभिन्न स्थानहरूमा आयोजना गरिने पत्रकार सम्मेलनमा परिषद् वीरगन्जका सचिव सुमित सेठीयाले बताए। 

उनका अनुसार यही भदौ २५ गतेदेखि सुरु हुने रक्तदान कार्यक्रम असोज ४ गतेसम्म चल्नेछ। पर्सा र बाराका विभिन्न औद्योगिक प्रतिष्ठान र अस्पतालहरूमा ११ दिनसम्म छुट्टा छुट्टै दिन रक्तदान कार्यक्रम आयोजना गरिने सचिव सेठियाले जानकारी गराए। तसर्थ परिषदको यस पुनित कार्यमा सहभागी भई आफ्नो अमूल्य रगत दान गरेर सहयोग गरिदिन परिषदले सबैमा सार्वजनिक अपिल गरेको छ।

संकलित १५ सय युनिट रगत नेपाल रेडक्रस सोसाइटी पर्साको रक्त सञ्चार केन्द्र वीरगन्जलाई बुझाइने परिषद वीरगन्जका लोकेश लोम्मडले बताए। उनका अनुसार परिषदले यसअघि २०७९ सालमा पनि वीरगन्जमा आयोजना गरेको एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ युनिट रगत संकलन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.