बेसाहारा बन्यो सहायतास्थल

बेसाहारा बन्यो सहायतास्थल
सुन्नुहोस्

बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लामा विपदका बेला राहत तथा उद्धारका लागि आवश्यक पर्ने सामग्री अलपत्र अवस्थामा छाडिएको छ। 

विश्व खाद्य कार्यक्रमले करिब ३ वर्ष पहिले निर्माण गरेको बैतडीको मानवीय सहायतास्थल अलपत्र अवस्थामा छाडिएको छ।

विपदका क्रममा उद्धारका लागि आवश्यक पर्ने औजार र पीडितका लागि प्रदान गर्न राखिएका राहत सामग्रीको प्रबन्ध भएको पाटन नगरपालिका–८, खोडपेमा स्थित मानवीय सहायता स्थल अलपत्र अवस्थामा छाडिएको हो। विश्व खाद्य कार्यक्रमका सुदूरपश्चिम प्रदेश प्रमुख रविन्द्र चन्दले यो निर्माण सम्पन्न भइसकेपछि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकालाई हस्तान्तरण गरिसकिएको जानकारी दिए। 

विश्व खाद्य कार्यक्रमले निर्माण सम्पन्न गरी आवश्यक सामग्री समेतको प्रबन्ध गरेको र सञ्चालनको जिम्मेवारी सम्बन्धित जिल्लाको नै भएको बताए। ‘हामीले निर्माण गरिदिएका हौँ, त्यसपछि त्यहाँका जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिसकेका छौँ, सञ्चालन नै गर्ने जिम्मा हाम्रो भएन,’ विश्व खाद्य कार्यक्रमका प्रदेश प्रमुख चन्दले भने।  

बैतडीसहित दार्चुला र बझाङमा कुनै विपदको घटना भएको अवस्थामा यसै सहायता स्थलबाट आवश्यक राहत तथा उद्धारका लागि सामग्री लैजानका लागि यो सहायता स्थल बनाइएको थियो। तर अहिले यो स्थल नै बेसाहारा बनेको छ। यहाँ राखिएका कन्टेनर लगायतका सामग्री खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्। सहायतास्थलमा जडान गरिएका आधा दर्जन सोलार बत्ती पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। 

यता जिल्ला प्रशासन कार्यालयले पनि सञ्चालनको बारेमा अनविज्ञता प्रकट गरेको छ। यो मानवीय सहायता स्थल सञ्चालनको लागि जानकारी नभएको र आवश्यक पहल गर्ने पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बताए। ‘यो मानवीय सहायता स्थल सञ्चालन कसले गर्ने भनेर थाहा भएन, यसबारे बुझौला,’ नगर प्रमुख रावलले भने। 

३ वर्षको अवधिमा थुप्रै विपदजन्य घटना भएको भएपनि हालसम्म यो सहायता स्थल प्रयोगमा आउन सकेको छैन। बैतडीमा विगत ३ वर्षको अवधिमा ४२ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्। ७२ पशुचौपाया मरेका छन्। ३० वटा घरमा पूर्ण क्षति पुगेको छ, भने १२ विद्यालय र एक प्रहरी चौकीमा आंशिक क्षति पुगेको छ।

तर यो मानवीय सहायता स्थल निर्माण गर्न विभिन्न निकायको गरी करोडौँ रकम खर्च खेर गइरहेको छ। यतिका वर्षसम्म बेवारिसे अवस्थामा रहेको सहायता स्थललाई सञ्चालनमा ल्याई विपदमा परेकाहरूलाई सहयोग गर्नुपर्ने स्थानीय दीपक ऐरले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.