जनताको अधिकार र समृद्धिको दिशामा जसपा प्रतिबद्ध : खानेपानी मन्त्री यादव

जनताको अधिकार र समृद्धिको दिशामा जसपा प्रतिबद्ध : खानेपानी मन्त्री यादव
सुन्नुहोस्

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवले समाजवादको मार्गदर्शनमा जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्। पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठक र वीरगञ्जमा आयोजित सम्मान कार्यक्रममा उनले ठोस योजना बनाएर त्यसको कार्यान्वयनमा दृढतापूर्वक लाग्न निर्देशन दिए।

जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले भने, 'स्थानीय जनताका समस्याहरूलाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौं। पर्सागढीको विकाससँगै, हामी जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष योजना लिएर आउने छौं।'

त्यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीले सङ्गठनात्मक संरचना सुदृढ गर्दै जनताको समस्याको निराकरणमा ध्यान दिनु अहिलेको प्राथमिकता रहेको बताए। 'पर्सागढी नगरपालिकालाई समृद्धि र विकासको नमुना बनाउने जसपाको योजनामा सबैको सहयोग अपरिहार्य छ,' उनले भने। जनताको अधिकार संरक्षण र समाजवादी सिद्धान्तमा आधारित योजनाहरूलाई सफल बनाउन जनतासँगको संवादलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।

बैठकमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, पर्सागढी नगरपालिकाका मेयर पदका प्रत्याशी सुरज मानन्धर र विभिन्न वडाका अध्यक्ष, पूर्व अध्यक्ष तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.