कर्णाली राजमार्ग फेरि अवरुद्ध , यात्रु बीचबाटोमै अलपत्र

कर्णाली राजमार्ग फेरि अवरुद्ध , यात्रु बीचबाटोमै अलपत्र
तस्बिर : अन्नपूर्ण

कालीकोट : कालिकोट सडक खण्डअन्तर्गत गगने खोलामा पहिरो जाँदा फेरि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । केही दिन अगाडि गगनेखोलामा पहिरो जाँदा एक साता जति राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका थिए भने यो पटक पनि यात्रुहरूले सास्ती खेप्नु परेको छ।

null

राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा दिनहुँ यात्रुहरूको बेजोग भएको खाँडाचक्र नगरपालिकाका स्थानीय भुपेन्द्रजंग मल्लले बताए । उनले भने,'राजमार्गको कालीकोट खण्डअन्तर्गत दुई  ठाउँमा सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । '

एसमोड र गगनेमा आएको पहिरोले अवरुद्ध भएको सडक खुलाउने प्रयास गरेपनि माथिबाट ढुंगा झरिरहेकाले काम गर्न अप्ठ्यारो भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसी  बताए। 

null

सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै रोकिएका छन्। शनिबार रातिको वर्षातले गगने खोलाको २० मिटर बाटो समेत बगाएको  छ। अवरुद्ध सडक खोल्न सडक डिभिजन र सुरक्षा निकायको टोली परिचालन गरिएको छ।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.