हामी सरकार हैन, पार्टी बनाउन केन्द्रित भएका छौं : प्रचण्ड

हामी सरकार हैन, पार्टी बनाउन केन्द्रित भएका छौं : प्रचण्ड

विराटनगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले सरकार नभइ पार्टी बनाउने तिर केन्द्रित रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रलाई अहिले सरकार बनाउने खेलमा आफ्नो रुची नभएको उल्लेख गरेका हुन् । 

‘हामी सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित भएका छौं,’ उनले भने, ‘हामीले देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरेका छौं ।’
उनले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले)लाई धन्यवाद भनिसकेको पनि बताए । ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ दाहालले भने । 

दाहालले कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे । भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू नेतृत्वको सरकारलाई टिक्न नदिएको उनको भनाइ छ । ‘कांग्रेस र एमाले जुन मान्यतामा आधारित भएर अघि बढे । त्यसमा हाम्रो एजेन्डा मिल्ने कुरै भएन,’ उनी भन्छन्, ‘एजेन्डामा मिलेर जान चाहेको भए त हामी तयार नै थियौं । तर, हामीले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा त्यसबाट बच्ने र भ्रष्टाचारीलाई जोगाउने काम भएकोमा हाम्रो आपत्ति हो ।’  

आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको उनको जिकिर छ । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाइ थियो नि त, त्यसले त काम गर्दो रहेछ त ? सतर्क हुन जरुरी छ । मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन,’ दाहालले भने । 

उनले समानुपातिक र समावेशी उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार भएको बताए । ‘त्यो अधिकारलाई कुनै तरिकाले कमजोर पार्ने काम सह्य हुँदैन,’ उनी भन्छन्, ‘मैले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउनकै लागि त्यत्रो विद्रोह र आन्दोलनको नेतृत्व गरेको हुँ ।’

संविधानसभाबाट एकहदसम्म जनतालाई अधिकार प्राप्त भएको पनि दाहालले बताए । ‘सबैभन्दा धेरै अधिकार मधेसी र मुस्लिम समुदायले पाएका छन् । नागरिकताको समस्यादेखि मिटरब्याजको समस्या समाधान गर्न कानुन बनाएरै काम गरेका छौं,’ उनले भने, ‘मधेसमा लाखौं युवा नागरिकताविहीन थिए । मधेसका जनताले माओवादीलाई धन्यवाद दिनुपर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.