पलेशालाई सम्मान गर्दै कांग्रेस सभापति देउवाले भने : खेलाडी देशका गहना हुन्

पलेशालाई सम्मान गर्दै कांग्रेस सभापति देउवाले भने : खेलाडी देशका गहना हुन्

देउवाले नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताए।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले काश्य पदक जितेपछि इज्जत बढेको बताएका छन्। आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले राष्ट्रलाई ऐतिहासिक पदक दिलाएको भन्दै बधाई दिएका हुन्। 

उनको जितले राष्ट्रको गौरव बढेको देउवाको भनाई छ। ‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडि अझ बढी उत्साहित हुन्, अझ सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ उनले भने,‘ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैब खेलकुद क्षेत्रको विकास गर्न प्राथमिकता साथमा छ। आगामी दिनमा पनि अझ सशक्त ढंगले  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले खेलाडीहरू देशका गहना भएको बताए। देउवाले नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताए।  

फ्रान्सको राजधानी पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ तथा सम्मान कार्यक्रममा पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने घोषणा गरेका थिए। उक्त रकम मन्त्रिपरिषद्बाट पारित भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.