टेलरले रचेको इतिहास

टेलरले रचेको इतिहास
सुन्नुहोस्

न्युयोर्क : टेलर फ्रिज १५ वर्षपछि ग्रान्डस्लामको एकल प्रतिस्पर्धामा फाइनलमा पुग्ने पहिलो अमेरिकी खेलाडी बनेका छन्। अमेरिकी (यूएस) ओपनको पुरुष एकलको सेमिफाइनलमा आफ्नै देशका फ्रान्सिस टियाफोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

निकै प्रतिस्पर्धात्मक खेलमा टेलरले ४–६, ७–५,४–६, ६–४, ६–१ को जित निकाल्दै इटालीका जानिक सिनरसँगको उपाधि भिडन्त पक्का गरेका हुन्। जानिक पछिल्लो समय विश्व नम्बर एक छन्। १२औं वरीयताका टेलर भने क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेका छैनन्। सन् २००३ मा एन्डी रोडिकले उपाधि जितेयता यूएस ओपनको फाइनलमा पहिलो अमेरिकी खेलाडी पुगेका हुन्। सन् २००३ मा रोडिकले यूएस ओपनको उपाधि जितेका थिए। सन् २००६ को यूएस ओपन र २००९ को विम्बल्डनको फाइनलमा पुग्ने अमेरिकी खेलाडी पनि रोडिक नै हुन्। त्यसयता कोही पनि अमेरिकी खेलाडीले ग्रान्डस्लामको फाइनलमा स्थान बनाउन सकेका थिएनन्। 

फ्रान्सिस टियाफोलाई पराजित गरेपछि टेलरले सेमिफाइनल भिडन्त निकै रोचक र प्रतिस्पर्धात्मक भएको बताए। ‘मैले सुरुदेखि नै उनको दबाब झेल्नु प¥यो। लगातारको दबाबले म केही समय विचलित पनि भएको थिएँ’, २६ वर्षीय टेलरले भने, ‘त्यसपछि आफ्नो उत्कृष्ट दिनुपर्छ भनेर लाग्यो र आफूले सकेको प्रयास गरें। मैले यस्तो नगरेको भए सदैव मनमा पश्चाताप रहिरहने थियो।’ फ्रान्सिस टियाफोको भने पछिल्लो दुई वर्षमा लगातार दोस्रो सेमिफाइनल हार हो। सन् २०२२ को यूएस ओपनको सेमिफाइनलमा उनी कार्लोस अल्कारेजसँग पराजित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.