प्याराग्लाइडिङ विश्वकपमा अञ्जन

प्याराग्लाइडिङ विश्वकपमा अञ्जन

पोखरा : जर्मनीमा हुने प्याराग्लाइडिङ एकुरेसी विश्वकप फिनालेमा पोखराका अञ्जन कुँवर नेपालका तर्फबाट सहभागी हुने भएका छन्। सेप्टेम्बर १२ देखि १५ तारिखसम्म आयोजना हुने प्रतियोगितामा कुँवरले नेपालको झन्डा जर्मनीको आकाशमा फरफराउँदै प्रतिस्पर्धा गर्ने छन्। 

प्याराग्लाइडिङ एकुरेसी वल्र्डकप फिनालेमा पुरुषतर्फको प्रतिस्पर्धामा अमेरिका, जर्मनी, संयुक्त अरब इमिरेट्स (यूएई), भारत, बेलायत, स्पेन, चीनलगायत ४७ देशका १०२ जना खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फको प्रतिस्पर्धामा भने २३ जनाले प्रतिस्पार्धा गर्ने आयोजक संस्थाको अनलाइनमा उल्लेख गरिएको छ। 

कुँवरले आफ्नै खर्चमा जर्मनीमा हुने प्याराग्लाइडिङ एकुरेसी वल्र्डकप फिनालेमा सहभागिता जनाउन लागेका हुन्। नेपालका तर्फबाट उनको मात्र सहभागिता रहेको छ। पोखरा–६ बैदामका ३० वर्षीय कुँवरले सन् २०१९ मा बाबु एडभेन्चर प्याराग्लाइडिङ स्कुलबाट प्याराग्लाइडिङ कोष पूरा गरेर यस क्षेत्रमा लागेका हुन्। 

कुँवरले जर्मन इन्टरनेसल ओपन कन्ट्री कम्पिटिसन, इन्टरनेसल फ्रेन्डसिप कप र प्याराग्लाइडिङ वल्र्डकप फिनाले गरी तीन प्रतिस्पर्धामा सहभागी जनाउने छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट सहभागिता जनाउँदै उनी ओभरअल र टिम दुवैमा दोस्रो भएका थिए। सन् २०२३ मा भारतमा भएको प्याराग्लाइडिङ प्रतिस्पर्धामा पनि सहभागिता जनाउँदै उनी चौथो भएको बताए।

जर्मनीमा हुने प्याराग्लाइडिङ वल्र्डकपमा शीर्ष २० सम्मका खोलाडीको सहभागिता रहेकाले प्रतिस्पर्धा निकै चुनौतीपूर्ण हुने उनले बताए। ‘प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण छ। आफूले सक्दो राम्रो गरेर देशका लागि पदक ल्याउन कोसिस गर्नेछु’, उनले भने, ‘विश्वका उत्कृष्ट र माथिल्लो वरीयताका खेलाडी सहभागी रहने भएकाले प्याराग्लाइडिङ प्रतिस्पर्धाबाट थप नयाँ अनुभव साटासाट हुने आशा राखेको छु।’

प्याराग्लाइडिङ वल्र्डकपमा सहभागिता हुन पाउँदा निकै खुसी लागेको उनले बताए। बुवा मनोज कुँवर र आमाको हौसला, साथ र सहयोगमा प्रतिस्पर्धामा सहभागी हुने अवसर मिलेको पनि उनले बताए। व्यक्तिगत रुपमै पनि देशको प्रतिनिधित्व गरेर प्रस्पिर्धामा सहभागी हुनु देशकै गौरवको विषय भएको नेपाल हवाई खेलकुद संस्थाका पूर्वअध्यक्ष योगश भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.