पर्यटकीय सम्भावना बोकेको श्रीकृष्ण गौशाला क्षेत्र

पर्यटकीय सम्भावना बोकेको श्रीकृष्ण गौशाला क्षेत्र

अर्घाखाँची : सन्धिखर्क नगरपालिका—६ नरपानीमा प्राकृतिक मनोरम वातावरणमा अति सुन्दर श्रीकृष्ण गौशाला पर्यटकीयस्थलको रूपमा विकास हुने सम्भावित क्षेत्र हो।  

नरपानी बजारदेखि सतिनेटा पुगेपछि सतिनेटाबाट दुई किलोमिटरको दुरीमा यो गौशाला रहेको छ। छिनछिनमा मौसम अदलबदल हुने उच्च स्थानमा रहेको यो क्षेत्र हरियाली र रमणीय छ। समथर भूमिमा फैलिएको यो क्षेत्र सानो उपत्यकाजस्तै छ। 

हिन्दु वैदिक सनातन धर्ममा गाईको महŒव धेरै छ। हिन्दुहरूले गर्ने कर्मकाण्डमा पनि गाईको गोबर, मूत्र, दूध, दही र घिउलाई पवित्र वस्तुका रूपमा प्रयोग गरिन्छ।

अर्घाखाँचीको नरपानीमा रहेको श्रीकृष्ण गौशालाको संरक्षणमा सन्धिखर्क नगरपालिकाले काम गरिरहेको छ। झन्डै दुई सयभन्दा बढी गाईहरू रहेको गौशालामा घाँसको कमी नहोस् भनेर डाले घाँस रोप्ने कार्य अगाडि बढाएको छ। गौशालामा रहेका गाईगोरुलाई घाँसको कमी नहोस् भनेर डालेघाँसका बिरुवा रोप्न थालिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन्। 

सशस्त्र प्रहरीको ३६ नम्बर गुल्मको सहयोगमा डालेघाँस लगाउने क्षेत्र वरिपरि तारबार गरेर संरक्षण गरेर वृक्षरोपण सुरु गरिएको सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्मका गुल्मपति भीमसेन बोहोराले बताए । गौशालामा रहेका गौमाताको रक्षाको लागि अर्घाखाँचीका स्थानीय र समाजसेवीले पनि सहयोग गरेका छन्। 

छाडा गाईगोरुलाई गौशालामा राखेपछि छाडा पशु चौपायाको पनि कुनै समस्या सन्धिखर्कलगायत जिल्लाभर नभएको सन्धिखर्कका समाजसेवी नारायणप्रसाद खनालले बताएका छन्। अर्घाखाँचीका स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले ध्यान दिनुपर्ने बताएका छन्। 

उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ। नरपानीको रमणीय दृश्यसँगै रमाउँदै गौशाला अवलोकन गर्ने युवापुस्ताको पनि उपस्थिति देखिन्छ। पाका मानिस गाईको हिन्दु संस्कारसँग जोडिएर आउने गरेका छन् भने युवा पुस्ता गौशालाको अवलोकनमा पुग्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.